Home मुख्य समाचार बालश्रम विरुद्धको दिवसमा वक्तृत्व र चित्रकला

बालश्रम विरुद्धको दिवसमा वक्तृत्व र चित्रकला

कार्यक्रम पश्चात विद्यार्थीलाई पुरस्कार वितरण गरिँदैको तस्विर ।

हेटौंडा : बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विद्यालयमा वक्तृत्वकला र चित्रकला प्रतियोगिता गरिएको छ । हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयको आयोजना र सिविन बाल हेल्पलाइन मकवानपुरको सहयोगमा बिहीबार कार्यक्रम भएको हो ।

विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबिच बालश्रम न्यूनीकरणमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । कक्षा ४ देखि ७ सम्मका विद्यार्थीको सहभागितामा चित्रकला प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक डिबी बर्तौलाले जानकारी दिनुभयो ।

वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की रोशिका भट्टराई, सुनिल तामाङ र सुदिप अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । प्रतियोगितामा कक्षा ८ की प्रकृति थापा सान्त्वना भइन् । यस्तै, बालश्रम न्यूनीकरणसँगै सम्बन्धित चित्रकला प्रतियोगितामा कक्षा ७ की प्रकृति ठकुरी प्रथम, कक्षा ६ का सुजन तामाङ द्वितीय, कक्षा ५ का सुरज शाह तृतीय र कक्षा ६ की सृष्टि भ्लोन सान्त्वना भएको सहायक प्रधानाध्यापक बर्तौलाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जानकी गिरीको प्रमुख आतिथ्य थियो । विद्यालयका सहायक प्रधानाध्यापक बर्तौला, शिक्षक प्रतिनिधि अकुरप्रसाद गौतम, सूचना अधिकारी रमेशकुमार बर्ताैला, सिविन बाल हेल्पलाइनकी सरिता न्यौपानेको आतिथ्य थियो । विद्यालयका शिक्षकहरु प्रमिता बिडारी, यशोदा थापा, खगिन्द्र शर्मा, कल्पना पौडेल, सन्दिपा बिडारी, बालिका निरौला, कविता श्रेष्ठ, रुषा बर्तौला, भरत तिमिल्सिना, रुपा ढकाल, विद्यालयका क्याप्टेन गणेश रसाइली ,भाइस क्याप्टेन सुयोग सापकोटा र बाल क्लबकी अध्यक्ष रोशिका भट्टराईको आतिथ्य रहेको थियो ।

विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक सृजना खतिवडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा सहायक प्रधानाध्यापक डिबी बर्तौला र शिक्षक खगिन्द्र शर्मा एवम् चित्रकला प्रतियोगिताको निर्णायक प्रमिता बिडारी र सृजना खतिवडा हुनुहुन्थ्यो ।

Exit mobile version