Home मुख्य समाचार हेटौँडाकी नगरप्रमुख मीनाकुमारी लामा इजरायल जानुहुँदै

हेटौँडाकी नगरप्रमुख मीनाकुमारी लामा इजरायल जानुहुँदै

नगरप्रमुख मीनाकुमारी लामा । फाइल तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा इजरायल भ्रमणमा जानुहुने भएको छ । इजरायलको विदेश मन्त्रालयको निमन्त्रणामा मिनी एक्स्पो २०२५ मा सहभागी हुन नगरप्रमुख लामा इजरायल जान लाग्नुभएको हो ।

नगरप्रमुख लामासहित नेपालका १० वटा नगरपालिकाका प्रमुखहरु इजरायल जाने बताइएको छ । जेठ ३१ गते शनिबारदेखि एक साता लामो भ्रमणका लागि नगरप्रमुख लामा इजरायल जानुहुनेछ । यसअघि पनि नगरप्रमुख लामा आधा दर्जन मुलुकको भ्रमण गरिसक्नु भएको छ ।

कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख राजेश बानियाँलाई दिइएको नगरप्रमुख लामाले जानकारी दिनुभएको छ । इजरायल भ्रमणबाट असार ७ गते नेपाल फर्कने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नगरप्रमुख लामाको भ्रमणको विषयमा हेटौँडा उपमहानगरपालिकाको कार्यालयले कुनै किसिमको औपचारिक जानकारी भने गराएको छैन । यसअघि पनि सार्वजनिक जानकारी बिना नै नगरप्रमुख लामा विदेश भ्रमण जाने गर्नुभएको थियो ।

Exit mobile version