Home मुख्य समाचार लागूऔषध गाँजासहित कैलाश गाउँपालिकाका फूलमाया र निर्मला हेटौँडाबाट पक्राउ

लागूऔषध गाँजासहित कैलाश गाउँपालिकाका फूलमाया र निर्मला हेटौँडाबाट पक्राउ

लागूऔषधसहित पक्राउ परेका फूलमाया र निर्मला ।

हेटौँडा: पूर्व–पश्चिम राजमार्ग अन्तगत हेटौँडा–१५, रातोमाटे चोकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको छ । आइतबार बिहान ११ बजेर २० मिनेटको समयमा हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नम्बरको यात्रुवाहक बसलाई सुरक्षा जाँच गर्दा बसमा सवार २ जनाको साथबाट लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बसमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२, बस्ने ४० वर्षीया फुलमाया स्याङ्वो र ३० वर्षीया निर्मला मोक्तानको साथबाट लागूऔषध बरामद गरेको थियो । उनिहरुको साथबाट प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । लागूऔषध गाँजासहित फूलमाया र निर्मलालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version