Home मुख्य समाचार चितवनमा एकजना मृत भेटिए, सौराहामा घुम्दै गरेका भारतीय पर्यटकको पनि मृत्यु

चितवनमा एकजना मृत भेटिए, सौराहामा घुम्दै गरेका भारतीय पर्यटकको पनि मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लामा मंगलबार एकजना मृत भेटिएका छन् भने एक जना भारतीय पर्यटकको पनि मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटार बजार नजिकै एक जना पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान ६ बजेर २० मिनेटको समयमा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा पुरुष मागी खाई हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न सकेका छैन । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै चितवन जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा एक भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय सुदाखर रामदास कुलकढी रहेको प्रहरीले जानकारी दिएको छ । सुदाखर सोमबार चितवन आएर एक होटलमा बास बसेका थिए । मंगलबार बिहान ७ बजेको समयमा सुदाखर सौराहास्थित राप्ति नदिमा डुङ्गा सफारी गर्ने क्रममा एक्कासी छाती दुखेर बिरामी भएका थिए । सुदाखरलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version