Home मुख्य समाचार बागमती प्रदेशसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

बागमती प्रदेशसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

नीति तथा कार्यक्रमको पक्षमा मत प्रकट गर्दै प्रदेश सभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेश सभाको बैठक आज बुधबार पनि बस्दैछ । अहिले ११ बजेबाट प्रदेश सभा बैठक सुरु हुँदैछ । प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जले गर्दै आएको छ ।

बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा अस्ति सोमबारदेखि छलफल सुरु भएको हो । बैठकमा प्रदेशसभाका सदस्यहरुले सरकारको नीति तथा कार्यक्रमको पक्ष, विपक्ष र सुधारका विषयहरु आफ्ना धारणा राखिरहेका छन् । बैठकमा हालसम्म ३६ जना प्रदेशसभा सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम माथि आफ्ना धारणा राखेका छन् । सोमबार २० जना प्रदेश सभा सदस्यले बोलेका थिए भने मंगलबारको बैठकमा सत्तारुढ दल र प्रतिपक्षबाट १६ जना प्रदेशसभा सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रमलाई बजेटमा जोड्ने गरी अघि बढाउन जरुरी रहेको औँल्याए । प्रतिफल योग्य आयोजना निर्माणमा सरकारको नीति कार्यक्रमलाई बजेट मार्फत् अघि बढाउन उनीहरुको सुझाव रहेको छ । विगतमा निर्माण भएका आयोजनाहरुको व्यवस्थापन तथा संचालनमा सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।

Exit mobile version