Home मुख्य समाचार बिच्छिले टोकेर बकैयाकी एक बालिकाको मृत्यु

बिच्छिले टोकेर बकैयाकी एक बालिकाको मृत्यु

हेटौँडा : बिच्छिले टोकेर मकवानपुरको बकैया गाउँपालिका–७, मैनाटारकी ८ वर्षीया एक बालिकाको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजेको समयमा कम्मरमा बिच्छिले टोकेको थियो । बिहीबार दिउँसो २ बजेको समयमा भने स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । बिहीबार साँझ ७ बजेर ४५ मिनेटमा हेटौँडा अस्पतालमा उपचारका लागि पुर्‍याइएकी ८ वर्षीया अस्मिता वाईबाको उपचारको क्रममा बिहीबार राती ८ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version