Home मुख्य समाचार सहकारी अस्पतालको वार्षिकोत्सवमा १७ जनाले रक्तदान गरे

सहकारी अस्पतालको वार्षिकोत्सवमा १७ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता।

हेटौँडा : हेटौँडा-१ स्थित मकवानपुर सहकारी अस्पतालको वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम भएको छ।

अस्पताल परिसरमै भएको कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको थियो। शनिबार बिहान हेटौँडा-१०, बुद्धचोकमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ।

Exit mobile version