हेटौँडा : सञ्चार क्षेत्रको संरक्षण, व्यावसायिक प्रवद्र्धन तथा सञ्चार क्षेत्रका कमिकमजोरीप्रति समीक्षा एवम् सुधारका लागि आवश्यक पहल गर्ने गरी सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागितामा फ्रि मिडिया नेटवर्कको बागमती प्रदेश समिति गठन गरिएको छ ।
मंगलबार हेटौँडामा भएको सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भएको भेलाले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव अशोक कुमार तिवारीको उपस्थितिमा कार्यक्रम भएको हो । फ्रि मिडिया नेटवर्कको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका अधिकृत गिरिराज अधिकारीले जानकारी गराउनुभएको थियो ।
