हेटौँडा : आइतबार रातीको वर्षाले हेटौँडा–ललितपुर कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । मकवानपुर र ललितपुरको सिमाना बागमती पुलको डाइभर्सन बगाएपछि कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बाटो मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
