हेटौँडा : जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट संघको अध्यक्षमा पुनः रामहरि तिमल्सिना चयन हुनुभएको छ । तिमल्सिनाको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरिएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल, उपाध्यक्षमा जनक कुमार दास, महासचिवमा प्रल्हाद खनाल, सचिवमा मोहन उप्रेती र कोषाध्यक्षमा राजु लम्साल चयन हुनुभएको छ । यस्तै सदस्यमा दधिराम गौतम, अर्जुन केशरी, रण दुलाल सार्की, आशिष कुमार पराजुली, कृष्ण चौलागाईं, निसान गौतम र सलीम अन्सारी चयन हुनुभएको छ । संघका अध्यक्ष रामहरि तिमल्सिनाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।
साधारणसभाको उद्घाटन समारोहमा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष काव्यमणि अधिकारी, उपाध्यक्ष उज्वल चौलागाई, राजु अधिकारी, मकवानपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष कुमार पौडेल, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, फर्निचर व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्ण अर्याल, अधिकृत बिक्रेता व्यवसायी संघ मकवानपुरका अध्यक्ष अमित श्रेष्ठ, कस्मेटिक व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजदेव बनियाँ, कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष पवन दुलाल, मोबाईल एसोसिएसन अफ नेपाल मकवानपुरका वरिष्ठ उपाध्यक्ष राज कुमार दहालको आतिथ्य रहेको थियो ।
