हेटौँडा: गजल मञ्च मकवानपुरको २२४औं नियमित गजल यात्रामा विशेष गजल वाचनसँगै महफिल–२ को चर्चा गरिएको छ । गजल मञ्च मकवानपुरको आयोजनामा शनिबार हेटौँडामा भएको नियमित गजल यात्रामा दीपक गौतम, देवराज तिवारी, मिथिला अधिकारी, सागर तिमल्सिना, स्वस्तिका बानियाँ, अनुसुया खनालले गजल वाचन गर्नुभएको थियो ।
नियमित गजल यात्रासँगै गजलकार रुपक वनबासी र केशव समर्पणले ८/८ वटा गजल वाचन गर्नुभयो । वनबासी र समर्पणको गजल प्रस्तुतीलाई गजलकार बाबु त्रिपाठीले सहजीकरण गर्नुभएको थियो । यस्तै गजलकार बाबु त्रिपाठीको सम्पादनमा प्रकाशन भएको १० गजलकारका २ सय गजल समावेश ‘महफिल–२’ माथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले चर्चा गर्नुभएको थियो ।
गजल मञ्च मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा भएको गजल यात्रा गजल मञ्च मकवानपुरका अध्यक्ष सन्जित श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो ।
