Home मुख्य समाचार बालबोध माविमा सूचना प्रविधि प्रयोगशाला उद्घाटन, शिक्षकलाई ल्यापटप वितरण

बालबोध माविमा सूचना प्रविधि प्रयोगशाला उद्घाटन, शिक्षकलाई ल्यापटप वितरण

उद्घाटन गरिएको सूचना प्रविधि प्रयोगशालाको अवलोकन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिका मेयर (सबैभन्दा बायाँ) ।

हटियाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, हटियास्थित बालबोध माविमा सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार एक कार्यक्रमका बीच सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

हेटौंडा–१७, हटियास्थित बालबोध माविको शैक्षिक भवन ।

नेपाल दूरसञ्चार प्राविधिकरणको सहयोगमा करिब २५ लाख रुपैयाँ लागतमा सूचना प्रविधि प्रयोगशाला तयार पारिएको हो । प्रयोगशालामा २४ वटा कम्प्युटर जडान गरिएका छन् ।

शिक्षकलाई ल्यापटप वितरण गर्नुहुँदै मेयर हरिबहादुर महत ।

यस्तै बागमती प्रदेश सरकारको सहयोगमा विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको प्रयोगशाला उद्घाटन कार्यक्रमकै अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिक्षकहरुलाई ल्यापटप वितरण गर्नुभएको छ । बागमती प्रदेश सरकारको सहयोगमा विद्यालयले सबै कक्ष्ाँकोठामा प्रोजेक्टर पनि जडान गरिसकेको छ । नियमित पठनपाठन सुचारु हुँदा शिक्षकले ल्यापटप र प्रोजेक्टरमार्फत पठनपाठन गराउने विद्यालयका प्रधानाध्यापक रमेश कुमार रिजालले जानकारी दिनुभयो ।

अक्षयकोषका लागि विद्यालयका प्रधानाध्यापक रमेशकुमार रिजाल (बायाँ) ले उपलब्ध गराउनुभएको १० हजार रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टलाई हस्तान्तरण गर्नुहुँदै मेयर हरिबहादुर महत ।

१२ कक्षासम्म पठनपाठन हुने बालबोध माविमा ६ सय विद्यार्थी अध्ययनरत छन् । यसैबीच विद्यालयका प्रधानाध्यापक रमेश कुमार रिजालले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गरेर विद्यालयमा अक्षयकोषको पनि स्थापना गर्नुभएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका राजनीतिक सल्लाहकार नरहरि महत, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, छिमेकी विद्यालयका शिक्षक प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version