Home मुख्य समाचार कान्ति लोकपथ अवरुद्ध

कान्ति लोकपथ अवरुद्ध

हेटौँडा : हेटौँडा-ललितपुर कान्ति लोकपथ सडक अवरूद्ध भएको छ।

आइतबार बिहानैदेखिको वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अवरुद्ध सडक खुलाउने पहल भइरहेको र हाललाई अन्य बाटोहरु प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Exit mobile version