Home मुख्य समाचार काठमाडौंबाट हराएको मोटरसाइकल मकवानपुरको राक्सिराङमा भेटियो

काठमाडौंबाट हराएको मोटरसाइकल मकवानपुरको राक्सिराङमा भेटियो

मोटरसाइकल धनीलाई मोटरसाइकल फिर्ता गर्दै प्रहरी ।

हेटौँडा : गत पुस २१ गते बिहान ११ बजेको समयमा काठमाडौं महानगरपालिका–१४ बाट हराएको मोटरसाइकल मकवानपुरको राक्सिराङ गाउँपालिकामा भेटिएको छ । काठमाडौंबाट हराएको बा प्र ०२–०१६ प १६९२ नम्बरको मोटरसाइकल राक्सिराङ गाउँपालिकाको चैनपुरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भेटिएको मोटरसाइकल मकवानपुर प्रहरीले मंगलबार मोटरसाइकल धनीलाई बुझाएको छ । यसअघि बैशाख ८ गते पनि मकवानपुर प्रहरीले एउटा मोटरसाइकल राक्सिराङबाटै बरामद गरी धनीलाई बुझाएको थियो । उक्त मोटरसाइकल पनि काठमाडौंबाटे हराएको थियो । प्रहरीले चोरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई भने पहिचान गर्न सकेको छैन ।

Exit mobile version