हेटौँडा : काभ्रेपालाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–९, रायबारिमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ७७ वर्षीय गिव प्रसाद नेपाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार दिउँसो ४ बजेको समयमा नेपाल आफ्नै बारिमा रुखमा चढेर स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका थिए । नेपाललाई मण्डनदेउपुरस्थित नगर अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यु भनि डाक्टरले घोषणा गरेको भएको प्रहरीले जानकारी दिएको छ ।
