Home मुख्य समाचार शुक्रबार हेटौँडाको दुई स्थानमा रक्तदान कार्यक्रम, ४१ जनाले रक्तदान गरे

शुक्रबार हेटौँडाको दुई स्थानमा रक्तदान कार्यक्रम, ४१ जनाले रक्तदान गरे

सिटिजन्स बैंकको आयोजनामा भएको कार्यक्रममा रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको दुई स्थानमा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१८, हर्नामाडी र हेटौँडा–४, पारिजातपथमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

हेटौँडा–१८, हर्नामाडीमा मकवानपुर पूर्वि नगर इसाई समन्वय समितिले गुड फ्राइडेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । यस्तै हेटौँडा–४, पारिजातपथस्थित सिटिजन्स बैंकको कार्यालय परिसरमा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।

दुबै स्थानमा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भइरहेकोले रक्तसञ्चार केन्द्रमा रगतको अभाव नरहेको बताइएको छ । शनिबार बिहान लायन्स क्लबको आयोजनामा हेटौँडा–४ स्थित रोयल प्यालेसमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

Exit mobile version