Home मुख्य समाचार बजार हिडेकी लक्ष्मी टोकरपुर खोलामा मृत फेला

बजार हिडेकी लक्ष्मी टोकरपुर खोलामा मृत फेला

हेटौँडा : रामेछाप जिल्लाको दोरम्वा शैलुङ गाउँपालिका–३, सोतीमा एक वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ९२ वर्षीया लक्ष्मी थापामगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा लक्ष्मी टोकरपुर बजार गएकी थिइन् । लक्ष्मी अबेरसम्म घर नफर्किए पश्चात आफन्तहरुले खोजतलास गर्दै जाँदा बिहीबार राती १२ बजेर १० मिनेटको समयमा टोकरपुर खोलामा भित्र लेदो (पाँगो) शरीरको आधी भाग पुरिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version