Home मुख्य समाचार कट्वालको अध्यक्षतामा अखण्ड हरिकीर्तन मन्दिरको नयाँ कार्यसमिति

कट्वालको अध्यक्षतामा अखण्ड हरिकीर्तन मन्दिरको नयाँ कार्यसमिति


हेटौंडाः हेटौंडा–१० स्थित, अखण्ड हरिकीर्तन मन्दिरको आज ४० औं वार्षिकोत्सब तथा २८ औं साधारण सभा सम्पन्न भएको छ । आज भएको २८ औं साधरण सभाले ओम बहादुर कट्वालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । मन्दिरको प्रथम उपाध्यक्षमा सत्यनारायण सिलवाल, द्धितीय उपाध्यक्षमा सिता पौडेल, महासचिवमा राम बाबु सापकोटा, सचिवमा रिता लामा, कोषाध्यक्षमा गोकर्ण प्रसाद कोइराला, सह–कोषाध्यक्षमा राम किंकर उपाध्यायलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा देवकी कट्वाल, इन्द्रलाल जोशी, गणेश उप्रेती, विष्णु नेपाल, नवराज न्यौपाने, अर्जुन विक्रम थापा रहनुभएको छ । बाँकी २ सदस्यहरु कार्यसमितिको मनोनयनबाट हुने बताइएको छ ।

सल्लाहकारहरुमा अभिवक्ता अप्सरा बस्नेत, रामचन्द्र अर्याल, तिलक प्रसाद दुलाल, दल बहादुर कट्वाल, राम प्रसाद सुवेदी रहनुभएको छ भने विशेष सल्लाहकारहरुमा लक्ष्मण पौडेल, डम्बर सिं रानाभाट, विमला रिजाल, कृष्ण प्रसाद शिवाकोटी र उत्तम प्रसाद भुड्भरी रहनुभएको छ ।

Exit mobile version