Home मुख्य समाचार मकवानपुर क्याम्पसका स्ववियु निर्वाचितलाई प्रमाणपत्र वितरण

मकवानपुर क्याम्पसका स्ववियु निर्वाचितलाई प्रमाणपत्र वितरण

नवनियुक्त स्ववियू पदाधिकारीहरु सपथग्रहण गर्दै ।

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) पदाधिकारीलाई मंगलबार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन समितिले प्रमाणपत्र वितरणसँगै सपथ गराएको छ ।

चैत ५ गते सम्पन्न निर्वाचनबाट मकवानपुर बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा प्रसिद्ध रेग्मी निर्वाचित हुनुभएको थियो । यस्तै स्ववियू सचिवमा उत्सव ढुंगाना र कोषाध्यक्षमा निर्दोष लुइटेल निर्वाचित हुनभएको छ । प्रत्यक्षतर्फ अध्यक्षसहित ११ र समानुपातिक १० गरी २१ सदस्यीय स्ववियु समिति बनेको छ । प्रत्यक्षतर्फ सदस्यमा मनोज घलान, दिवस चौलागाई, उमेश चौधरी, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, अतित अधिकारी र विवश अर्याल निर्वाचित भएका थिए । यस्तै समानुपातिकतर्फ सुजाता घिमिरे, उन्नत देवकोटा, इशा पाख्रिन, शितास्मा पौडेल, आयुश ठकुरी, अभ्युदय खनाल, राहुल डिम्डुङ, साइमन पाठक, प्रशान्त सापकोटा र परमेश्वर अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष प्रसिद्ध रेग्मीले कुनै एउटा संगठनको प्रतिनिधिको रुपमा निर्वाचित भए पनि क्याम्पसमा विद्यार्थीको हित, शैक्षिक वातावरण निर्माण र क्याम्पसको समग्र विकासमा सबै विद्यार्थीको साझा प्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचन आयुक्त सन्देश विडारीको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालसहित क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापकको आतिथ्य रहेको थियो ।

Exit mobile version