Home खेलकुद जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता : खुलातर्फ नरेन्द्र–विरु, रेवती र सुरेन्द्र, भेट्रान्सतर्फ देव–विनोद र...

जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता : खुलातर्फ नरेन्द्र–विरु, रेवती र सुरेन्द्र, भेट्रान्सतर्फ देव–विनोद र दीपक–रामप्रसाद फाइनलमा

हेटौँडा : मकवानपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा जारी दोस्रो संस्करणको जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।

खुलातर्फ नरेन्द्र मोक्तान–विरु गुरुङ र रेवती कार्की र सुरेन्द्र श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेको छ । यस्तै भेट्रान्सतर्फ देव घिमिरे–विनोद राय र दीपक बुढाथोकी–रामप्रसाद प्रधानको जोडी फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि आइतबार बिहान ७ बजेबाट फाइनल खेलहरु सञ्चालन हुनेछ । हेटौँडा–११, थानाभर्‍याङस्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताको खुलातर्फको उपाधि विजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने भेट्रान्सतर्फको उपाधि विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

खुलातर्फको उपविजेता टिमले २० हजार रुपैयाँ र भेट्रान्सको उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तृतीय हुने खुलाको टिमले २ हजार ५ सय रुपैयाँ तथा भेट्रान्सले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खुला र भेट्रान्सतर्फको सर्वोकृष्ट खेलाडीले १ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ । गत वर्षभन्दा यस वर्ष पुरस्कारको रकम बढाइएको छ ।

Exit mobile version