Home मुख्य समाचार आत्महत्या न्यूनीकरण गर्न इन्द्रसरोवरमा ३ दिने वृहत धार्मिक प्रवचन महायज्ञ

आत्महत्या न्यूनीकरण गर्न इन्द्रसरोवरमा ३ दिने वृहत धार्मिक प्रवचन महायज्ञ

महायज्ञमा प्रवचन सुन्दै स्थानीय ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ३ दिने वृहत धार्मिक प्रवचन महायज्ञ, शान्ति पूजा एवम् वाङ् अभिषेक सम्पन्न भएको छ । इन्द्रसरोवर गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजनामा फागुन २७ गतेखि सुरु भएर २९ गतेसम्म महायज्ञ सञ्चालन भएको हो ।

महायज्ञमा धर्मगुरु सर्वोजित गोङवा तामाङले प्रवर्चन, कथावाचन गर्नुभएको वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभएको छ । वडा कार्यालयको एक लाख ५० हजार रुपैयाँको बजेटमा गाउँपालिकामा चेतना प्रभाव गर्नका लागि पहिलो पटक महायज्ञको आयोजना गरेको वडाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । महायज्ञको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गर्नुभएको थियो ।

नेपालमा जन्मिएका गौत बुद्धलाई नचिन्ने, देशमा जन्मेको भगवानलाई नमानेको नेपालमा आत्महत्याको घट्न बढेकोले पूजाको आयोजना गरिएको उहाँले बताउनुभयो । हरेक प्राणीको जन्म, मृत्यु, संसारमा जन्मलिनुको कारणको बारेमा बुझाउन र मानिसमा सकारात्मक सन्देशको प्रभाव गराउनका लागि महायज्ञको आयोजना गरिएको उहाँले बताउनुभयो । मृत व्यक्तिको आत्माको शान्तिको कामना गर्न, जन्मलाई आफैले मार्नु हुन्न भन्ने चेतना फैलाउन, मानिसहरु नैराश्यतातर्फ गइरहेको कुरालाई मूल्याङ्कन गरेर त्यसलाई न्यूनीकरण गर्न, बौद्ध धर्म मासिदै गएकोले त्यसलाई रोक्न, युवा पिढीहरु कुलतमा लाग्दै गएको बौद्धको मार्ग दर्शनमा हिँडाउन, आफूमाथि आत्मविश्वास बढाउन र विकृति, विसंगतिलाई समाधान गर्नका लागि कार्यक्रम गरेको उहाँको भनाई छ । महायज्ञमा दैनिक २ हजार भक्तजनको उपस्थिति रहेको उहाँले बताउनुभयो ।

Exit mobile version