Home मुख्य समाचार सामूहिक बलात्कार मुद्दामा ७ जना किशोरहरु पक्राउ

सामूहिक बलात्कार मुद्दामा ७ जना किशोरहरु पक्राउ

हेटौँडा: मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिकाबाट सामूहिक बलात्कार मुद्दामा ७ जना किशोरहरु पक्राउ गरेको छ ।  घटनामा संलग्न भई पक्राउ परेका आरोपितहरु १८ बर्ष भन्दा कम उमेरका किशोरहरु भएकाले प्रहरीले उनीहरुको पहिचान सार्वजनिक गरेको छैन। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिरको माथी जंगलमा सामूहिक बलात्कारको घटना भएको जानकारी दिनुभयो । 

घटनामा पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएपछि पीडितको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा ५ दिनको म्याद अनुमती लिई अनुसन्धान थालिएको उहाँको भनाई छ । सामूहिक बलात्कार गरेका किशोरहरुले मोबाइलबाट भिडियो समेत बनाएका छन्। भिडियो सामाजिक सञ्जालमा समेत भेटिएको बताइएको छ। सामूहिक बलात्कारको घटनालाई लिएर अधिकारकर्मीले स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएका छन्।

Exit mobile version