Home खेलकुद राष्ट्रपति रनिङ्ग शिल्डमा एथ्लेटिक्मा १० विधाका खेल सम्पन्न

राष्ट्रपति रनिङ्ग शिल्डमा एथ्लेटिक्मा १० विधाका खेल सम्पन्न

हेटौंडाः हेटौंडा–४,स्थित हुप्रचौरमा सुरु भएको १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फ १० विधाका खेलहरु सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको एथ्लेटिक्स प्रतियोगितामा १० विधाका खेलहरु सम्पन्न भएको हो । प्रतियोगिता मकवानपुरको हेटौंडा सहित अन्य पालिकाका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताबाट छनौट भएर आउने खेलाडीहरुको सहभागिता रहेको छ । आइतबार सम्पन्न भएको एथ्लेटिक्स तर्फको १० वटा विधाको खेलहरुबाट २० जना खेलाडीहरु छनोट भएका छन् । हेटौंडा उपमहानगरपालिका नगरस्तरीय र जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको संयोजना जिम्मेवारी नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेलले भूमिका निर्वाह गर्नुभएको छ । एथ्लेटिक्स तर्फ विभिन्न विधामा प्रथम भएका खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक राजाराम पोखरेलले बताउनुभयो ।

१०० मिटर दौडमा पुरुष तर्फ हेटौंडा उपमहानगरपालिकाका सुवीन लामा र महिलातर्फ थाहा नगरपालिकाकी आकृति गोपाली छनोट भएको निर्णायक रञ्जिता फूयालले जानकारी दिनुभएको छ । ४०० मिटरको दौडमा पुरुषतर्फ बकैया गाउँपालिकाका सम्भव माझी र महिलातर्फ अनिष पाल छनोट भएका छन् । ८०० मिटरको दौडमा बकैया गाउँपालिकाकै सम्भव माझी र महिलातर्फ थाहा नगरपालिकाकी बविता तामाङ छनोट भएका छन् । सटफुटमा पुरुषतर्फ हेटौंडा उपमहानगरपालिकाका सुजल प्रजा र महिलामा कैलाश गाउँपालिकाकी सरिता सुनार छनौट भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन थिङ र बागमती गाउँपालिकाका मुना राइ छनौटमा पर्न सफल भएका छन् ।

त्रिपल जम्पमा पुरुषतर्फ बकैया गाउँपालिकाका पाङदान राइ र महिलातर्फ थाहा नगरपालिकाकी प्रिया खत्री छनौट भएकी छिन् । लङ्ग जम्पमा पुरुषतर्फ हेटौंडाका सुविन लामा र महिलातर्फ थाहा नगरपालिकाकै आकृति गोपाली छनौट भएकी छिन् । ज्याब्लिङ्ग थ्रोमा बागमतीका अभिषेक थापा र महिलार्फ बागमतीकै अमिका रुम्बा छनौट भएकी छिन् । ४ गुण १०० मिटरको दौडमा बकैया गाउँपालिका, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्रमशः प्रथम द्धितीय र तृतीय भएको छन् । महिलातर्फ बागमती गाउँपालिका प्रथम, हेटौंडा उपमहानगरपालिका द्धितीय र भीमफेदी गाउँपालिका तृतीय भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन राइ र महिलातर्फ मनुराई बागमती गाउँपालिकाका छनौटमा पर्न सफल भएका छन् ।

प्रतियोगिता अन्तर्गत कबड्डीको खेल भोलि सञ्चालन हुनेछ भने तेक्वान्दो र उसु मंगलबार सञ्चालन हुनेछ ।

Exit mobile version