Home मुख्य समाचार रातोमाटेबाट पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

रातोमाटेबाट पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ

भारतीय नागरिकको साथबाट प्रहरीले बरामद गरेको पेस्तोल र ३ राउण्ड गोली ।

हेटौँडा : मकवानपुर प्रहरीले आइतबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र बिहारकै मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपक कुमार रहेका छन् ।

रौतहट जिल्लाको गौरबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई विशेष सूचनाको आधारमा सुरक्षाजाँच गर्दा धिरज र दीपकको साथबाट एक राउण्ड गोली लोड भएकोे अटो पेस्तोल, थप २ थान गोली गरी ३ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । २ महिनादेखिको सूचनाको आधारमा एउटा पेस्तोलसहित गोली फेला परेको उहाँको भनाई छ । उनीहरुलाई हातहतियार मुद्दामा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।

पेस्तोल र ३ राउण्ड गोलीसहित पक्राउ परेका भारतीय नागरिक ।
Exit mobile version