Home मुख्य समाचार चितवन र रामेछापमा एकैदिन ३ जनाको मृत्यु

चितवन र रामेछापमा एकैदिन ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा ३ जना मृत फेला परेका छन् । प्रदेशको चितवन र रामेछाप जिल्लामा ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, आंपटारीमा बिमारी अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा हाल नामथर नखुलेको भारतीय मुलुकको जस्तो देखिने अन्दाजी ५५ वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिरामी पुरुषलाई उद्दार गरि उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा पुरुषको आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ तिन नम्बर पुल अगाडि मोटरसाइकल दुर्घटनामा बेपत्ता भएका पुरुष मृत अवस्थामा फेला परेका छन् । फागुन २ गते चितवनको ईच्छाकामना गाउँपालिका–५, मुग्लिन नारायणगढ सडक खण्डको कालीखोलामा बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टँदा भरतपुर महानगरपालिका–१, रामनगर बस्ने २७ वर्षीय भारतीय सेनामा कार्यरत रोहित राना बेपत्ता भएका थिए । बेपत्ता राना आइतबार बिहान ७ बजेर ५० मिनेटको समयमा तिन नम्बर पुल अगाडि मृत फेला परेको प्रहरीले जनाएको छ ।

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७, तिल्पुङमा आगोले पोल्दा घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ९१ वर्षीया टिकामाया खड्का रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ ६ बजेको समयमा खड्का आफ्नै घरमा आगोले पोल्दा घाइते भएकी थिईन् । घाइते खड्कालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौ लगिएको थियो । उपचारको क्रममा खड्काको आइतबार बिहान ७ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version