हेटौँडा : मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित हेटौँडा–१७, हटियाबाट ५३ वर्षीय सोमबहादुर घिसिङलाई पक्राउ गरेको छ । शुक्रबार दिउसो १ बजेर १० मिनेटको समयमा घिसिङलाई २ किलो २९० ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–८ का घिसिङलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमै राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै प्रहरीले लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का सपराज भन्ने शुभराज मुक्तानलाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत मकवानपुरले लागूऔषध गाँजा मुद्दामा दोषी ठहर गर्दै शुभराजलाई ११ महिना २ दिन कैद सजाय तोकेको छ । प्रहरीले शुभराजलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
