Home खेलकुद कमला आविको वार्षिकोत्सव सम्पन्न

कमला आविको वार्षिकोत्सव सम्पन्न

वार्षिकोत्सवको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : हेटौंडा–१८, हर्नामाडीस्थित कमला आधारभूत विद्यालयको ४९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यमा अभिभावक दिवसको उद्घाटन भएको थियो । कार्यक्रममा वार्षिक खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । फागुन ४ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको विभिन्न खेलकुद प्रतियोगितामा विजेता बन्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

वार्षिक खेलकुद कार्यक्रममा आयोजित फुटबल, दौड, म्युजिकल चेयर, तातो आलु, तीन खुट्टे दौड, बोरा दौड र चम्चा दौडमा विजेता बनेको करिब १ सय २० जना खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयको शैक्षिक सत्र २०८० मा कक्षागत उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।

विद्यालयले वर्षभरी गरेको शैक्षिक, आर्थिक र भौतिक गतिविधि र योजनाबारे विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका, वडाबाट विभिन्न शीर्षकका लागि प्राप्त भएको बजेटको विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । कक्षा–६ मा अध्ययनरत आरध्या अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन् । कक्षा–४ की छात्राले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Exit mobile version