Home मुख्य समाचार भिरबाट लडेर माइलीमाया घाइते

भिरबाट लडेर माइलीमाया घाइते

हेटौँडा ः मकवानपुरको कैलाश गाउँपालिका–९, दमारढुङ्गामा भिरबाट लडेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा ३७ वर्षीय माइलीमाया घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बिहान ९ बजेको समयमा घलान भिरमा घाँस काट्न जाँदा भिरबाट १५० मिटर तल खसेर गम्भिर घाईते भएकी थिइन् । घाइते घलाइनको मकवानपुर सहकारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version