Home मुख्य समाचार पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा कैलाशको मृत्यु

पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा कैलाशको मृत्यु

हेटौँडाः सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, जखौलीमा पिकअप गाडी अनियन्त्रित भई सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जखौली बस्ने २० वर्षीय कैलाश राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार बेलुका ७ बजेर ४० मिनेटको समयमा भित्री सडक–खण्डमा श्रीपुरबाट जखौलीतर्फ जाँदै गरेको ना ३ च ५९७६ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट ७ मिटर तल झरेको थियो । दुर्घटनामा गाडी चालक बागमती गाउँपालिका–११, बस्ने ३९ वर्षीय जगमोहन राउत, २२ वर्षीय अनिष राई, २१ वर्षीय अभिषेक राई र कैलाश घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि सिएमसी चुरेहिल अस्पताल हेटौंडा ल्याइएको थियो । उपचारको क्रममा राती ९ बजेर ४० मिनेटको समयमा कैलाश राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अनिस र अभिषेकलाई सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ ।

Exit mobile version