लालझाडीका राजकुमार राप्तीखोलामा मृत भेटिए समृद्ध समाज संवाददाता - December 15, 2024 सांकेतिक तस्वीर । हेटौँडाः हेटौँडा–१, लालझाडीका राजकुमार ब्लोन राप्तीखोलामा मृत भेटिएका छन् । शनिबार दिउँसो १२ बजेको समयमा ब्लोन मृत भेटिएको प्रहरीले जनाएको छ । ३६ वर्षीय ब्लोनको मानसिक सन्तुलन बिग्रिएको भनी परिवारका सदस्यले जानकारी गराएको प्रहरीले जानकारी दिएको छ ।