Home मुख्य समाचार आधुनिक माविका पूर्व सहायक प्रधानाध्यापक पराजुलीको स्मृतिमा अक्षयकोषको स्थापना

आधुनिक माविका पूर्व सहायक प्रधानाध्यापक पराजुलीको स्मृतिमा अक्षयकोषको स्थापना

पूर्व सहायक प्रधानाध्यापक श्याम प्रसाद पराजुलीको स्मृतिमा अक्षयकोषको स्थापना गरिँदैको तस्वीर ।

हेटौंडाः हेटौंडा–४, स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा श्याम प्रसाद पराजुली स्मृति अक्षयकोष स्थापना गरिएको छ । सोमबार पूर्व सहायक प्रधानाध्यापक समेत रहनुभएका पराजुलीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको हो । लामो समय विद्यालयमा शिक्षण गर्नुभएका पराजुलीको स्मृतिमा अक्षयकोषकको घोषणा गर्दै छोरी कल्पना पराजुली र सम्झना पराजुलीले विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंलाई एक लाख २६ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

विद्यालयका कक्षा–९ देखि कक्षा–१२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग प्रदान गर्ने गरी अक्षयकोष स्थापना गर्न सहयोग गरेको सूचना अधिकारी कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । विद्यालयमा अक्षकोषको कार्यविधिलाई सञ्चालनमा ल्याएर अक्षयकोषमा सहयोग प्राप्त भएको रकमलाई मुद्दती खातामा राखिने सूचना अधिकारी कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । विद्यार्थीको छात्रवृत्तिका लागि, विद्यार्थीको पढाइका लागि र विद्यार्थीको शिक्षणमा वृद्धि विकास गर्नका लागि अक्षयकोषको रकम प्रयोग गरिने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

अक्षयकोषको रकमलाई बढाउँदै लगेर ५० लाख रुपैयाँसम्म पु¥याउने लक्ष्य विद्यालयले लिएको उहाँले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले विद्यार्थीको शैक्षिक गतिविधिमा विकास गर्नका लागि सहयोग गर्ने पराजुलीको परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । कोषको रकमलाई वृद्धि गरेर ५० लाखसम्म पु¥याउने लक्ष्य लिएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

हृदयघातका कारण ज्यान गुमाउनु भएका आधुनिक माध्यमिक विद्यालयका शिक्षक पदम प्रसाद पौडेलको स्मृतिमा यस वर्षको बजेटमा वडाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने पनि घोषणा गर्नुभएको थियो । अक्षकोषको स्थापना सहयोग समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद समीम, सूचना अधिकारी श्रेष्ठ, खेलकुद संयोजक राजाराम पोखरेल, शिक्षक सुवास खनाल, रामकृष्ण ढकाल, पूर्वशिक्षक रोशन पराजुलीको उपस्थिति रहेको थियो ।

Exit mobile version