Home मुख्य समाचार इन्द्रसरोवर गाउँपालिकाका २ जना सुत्केरीको हवाई उद्दार

इन्द्रसरोवर गाउँपालिकाका २ जना सुत्केरीको हवाई उद्दार

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका २ जना सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ । मंगलबार दिउँसो करिब ३ बजेको समयमा इन्द्रसरोवर गाउँपालिका–३, स्थित सिस्नेरीकी सुकमाया वाइबा र सुशीला घिसिङको हावाई उद्दार गरिएको हो ।

गाउँपालिका–३ स्थित सिस्नेरी र कुलेखानीको सडकखण्ड वर्षाको कारण अवरुद्ध भएपछि गाउँपालिका र गृह मन्त्रालयको सहकार्यमा सुत्केरी हुन नसकेका वाइबा र घिसिङलाई हेलिकप्टरबाट काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले जानकारी दिनुभएको छ । सिस्नेरीको स्वास्थ्य चौकीमा प्रसुतिका लागि करिब एक साता पहिला नै आएका दुबैलाई बच्चा जन्माउन कठिन भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको प्रसुति अस्पताल थापाथली लगिएको हो ।

गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष र प्रशासकीय अधिकृतको पहलमा बच्चा जन्माउन नसकेको अवस्थामा अन्य नकारात्मक अवस्था सिर्जना नहोस् भनेर उनीहरुलाई हेलिकप्टरबाट काठमाडौंको अस्पतालमा पठाएको उहाँले बताउनुभयो । उनीहरुको परिवारका एक÷एक जना पनि हेलिकप्टरबाटै अस्पताल गएको उहाँले बताउनुभयो ।
आज बिहीबारबाट काठमाडौंबाट सिस्नेरीसम्मको सडक सुचारु हुने उहाँको भनाइ छ ।

Exit mobile version