Home खेलकुद मंगलबार बास्केटबल प्रतियोगिताका दुवै खेलमा व्यवस्थापन संकाय विजयी

मंगलबार बास्केटबल प्रतियोगिताका दुवै खेलमा व्यवस्थापन संकाय विजयी

हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजनामा जारी बास्केटबल प्रतियोगिताअन्तर्गत मंगलबारको दुई खेल भएका छन् । दुबै खेलमा व्यवस्थापन संकाय विजयी भएका हुन् । मंगलबार भएको खेलमा कक्षा–१२ को व्यवस्थापन संकाय र कक्षा–११ को व्यवस्थापन संकाय विजयी भएको हो ।

पहिलो खेलमा कक्षा–१२ को होटल म्यानेजमेन्टलाई ४३–५४ अंकले हराउँदै व्यवस्थापन संकाय विजयी भएको हो । यस्तै दोस्रो खेलमा कक्षा–११ को विज्ञान संकायलाई ३९–२३ अंकले हराउँदै कक्षा–११ को व्यवस्थापन संकाय विजयी भएको हो । प्रतियोगितामा ६ वटा छात्र र २ वटा छात्रा गरी जम्मा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ७ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version