Home अर्थ/व्यापार दशैं, तिहार, छठको अफरः मोबाइल किन्दा, बनाउँदा १२ लाख बढीको पुरस्कार

दशैं, तिहार, छठको अफरः मोबाइल किन्दा, बनाउँदा १२ लाख बढीको पुरस्कार

दशैं, तिहार, छठको अफरबारे जानकारी गराउनुहुँदै म्यान मकवानपुरका उपाध्यक्ष हरिप्रसाद न्यौपाने (सागर) ।

हेटौँडाः मोबाइल एसोशिएसन अफ नेपाल (म्यान) मकवानपुरले यस वर्षको दशैं, तिहार तथा छठ पर्वमा मोबाइल खरिद गर्ने ग्राहकका लागि १२ लाख रुपैयाँभन्दा बढी रकम बराबरको पुरस्कार प्रदान गर्ने भएको छ । मंगलबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै म्यान मकवानपुरले उक्त कार्यक्रमबारे जानकारी गराएको हो ।

म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरी प्रसाद न्यौपानेले यस वर्षको मुख्य चाडमा १२ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको पुरस्कार प्र्रदान गर्ने बताउनुभयो । उहाँका अनुसार म्यान मकवानपुरले बम्पर उपहार अन्तर्गत एक जनालाई स्कुटर, एक जनालाई ४ दिने थाइल्याण्ड भ्रमण, इफिनिक्स जिरो वान एक जनालाई, नेकब्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, स्टाइलाजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई इयरवडस १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई र ११ जनालाई स्मार्टफोन प्र्रदान गरिने भएको छ ।

जुनसुकै कम्पनिका मोबाइल खरिद तथा मर्मत गर्दा एउटा कुपन प्रदान गरिने र यो जिल्लामा मात्र लागु हुने उहाँले बताउनुभयो । असोज १ गते मंगलबारदेखि मंसिर ५ गतेम्म यो योजना लागु हुने उहाँले बताउनुभयो । त्यसको नतिजा मंसिर १५ गते खुला गरिने भएको छ । म्यान मकवानपुरले हरेक वर्ष चाडपर्वको अवसरमा विभिन्न उपहारहरु कार्यक्रम सञ्चालन गर्दै आएको छ । म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, उपाध्यक्ष हरिप्रसाद न्यौपाने (सागर), र महासचिव राजकुमार दाहाल लगायतका उपस्थिति रहेको थियो ।

Exit mobile version