Home खेलकुद जिल्ला लिग फुटबलः न्यू डाँफे तालिकाको शीर्ष स्थानमा

जिल्ला लिग फुटबलः न्यू डाँफे तालिकाको शीर्ष स्थानमा

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा न्यू डाँफे युवा क्लब समूह ‘ख’बाट तालिकाको शीर्ष स्थानमा रहेको छ । समूह चरणको ४ खेलहरुमा आफ्ना अपराजित यात्रालाई कामय राख्दै १२ अंक जोड्दै न्यू डाँफे क्लब हाफसम्म तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो ।

मंगलबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको समूह चरणको चौथो खेलमा पिप्ले युवा क्लबलाई ३–२ गोल अन्तरले हराउँदै न्यू डाँफे तालिकको शीर्ष स्थानमा रहेको छ भने हटिया स्पोर्टस्लाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै एफसी मल्टिभिजन समूह ‘ग’बाट ३ जीत दर्ता गर्दै ९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ रु समूह ‘ग’बाट न्यू कम्रुाइन तालिकाको शीर्ष स्थानमा रहेको छ ।
न्यू डाँफेबाट सुवेश लोप्चनले पहिलो हाफको ८ मिनेटमा र किसन मगरले ४५ औं मिनेटमा समान एक–एक गोल गरेका छन् । राजेशले खेलको दोस्रो हाफको २५ मिनेटमा एक गोल गरेका छन् । पिप्ले युवाबाट दोस्रो हाफको ८ मिनेटमा प्रविन श्रेष्ठ र सम्पूर्ण नगरकोटीेले समान एक–एक गोल गरेका छन् । मल्टिभिजनबाट जेनिश थपलियाले ह्याट्रिक गरेका छन् भने सुजन लो लामाले एक गोल गरेका छन् ।

यस्तै, हेटौंडा–११ स्थित सिमलटार मैदानमा भएको खेलमा सानो पोखरालाई १–० गोलले हराउँदै न्यू कम्बाइन विजयी भएको छ भने ७ नम्बर फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एफसी नामटार विजयी भएको छ । कम्बाइनको जीतमा निशान न्यासुरले र एफसी नामटारको जीतमा सविन गोलेले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच डाँफेका किसन थापा मगर, एफसी नामटारका सविन गोले र कम्बाइनका सुरज गोले घोषित भएका छन् ।

प्रतियोगितामा २८ क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिगको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । लिगको उपाधि विजेता टिमले टिमले प्रदेशस्तरीय लिगमा सहभागी हुन पाउनेछ ।

Exit mobile version