Home मुख्य समाचार आयोजना बैंक कार्यान्वयन गर्न बागमतीमा अध्ययन समिति बनाइने

आयोजना बैंक कार्यान्वयन गर्न बागमतीमा अध्ययन समिति बनाइने

हेटौंडाः बागमती प्रदेशको अर्थ तथा विकास समितिले विकास आयोजना छनोटलाई प्रभावकारी बनाउन अध्ययन समिति बनाउने निर्णय गरेको छ । समितिले प्रदेशको बजेट विनियोजनलाई प्रभावकारी बनाउन आयोजना बैंक निर्माण तथा सञ्चालनको विषयमा सरकारलाई निर्देशन दिन उक्त समितिले अध्ययन गर्ने निर्णय गरेको हो ।

समितिको मंगलबार बसेको बैठकले वडास्तरबाट नै छलफल गरी विकास आयोजना छनोट तथा आयोजना बैंकमा प्रविष्ट गर्ने उद्देश्यअनुसार उक्त समिति निर्माण गर्ने निर्णय गरेको हो । समितिको आगामी बैठकबाट छलफल गरी समिति गठन गर्ने र सो समितिले हालसम्मको अवस्था, बजेट विनियोजनको प्रणाली व्यवस्थापनका लागि आयोजना बैंक नबन्नुका कारणबारे अध्ययन गर्नेछ ।

समितिले आयोजना बैंक कार्यान्वनका समस्याबारे अध्ययन गरी सो विषयमा सरकारलाई निर्देशन दिने समितिका सचिव मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको छलफलअनुसार वडा तहबाट नै आयोजना छनोट गरी विभागीय मन्त्रालयबाट प्रविष्ट गर्ने र प्राथमिकीकरणका आधारमा बजेट विनियोजन गरिनेछ ।

Exit mobile version