Home खेलकुद मकवानपुरकी गोपाली यु–२० साउथ एसियन एथ्लेटिक्समा सहभागी हुँदै

मकवानपुरकी गोपाली यु–२० साउथ एसियन एथ्लेटिक्समा सहभागी हुँदै

यु–२० साउथ एसियन एथ्लेटिक्समा सहभागी हुने खेलाडीको दीना गोपालीको तस्वीर

हेटौँडाः मकवानपुरको थाहा नगरपालिकाकी दीना गोपाली यु–२० साउथ एसियन च्याम्पियनसीप दौड प्रतियोगितामा सहभागी हुने भएकी छन् । आउँदो सेप्टेम्बर १० देखि छिमेकी मुलुक भारतमा हुन लागेको साउन एसियन च्याम्पियनसीपको १०० मिटर दौड प्रतियोगितामा गोपाली सहभागी हुने भएकी हुन् ।

भदौ ८ गते काठमाडौं महानगरपालिकाको दशरथ रंगशालामा भएको छनोट प्रतियोगितमा १ सय मिटरको दौडमा प्रथम हुँदै मकवानपुरकी गोपाली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी हुन् । देशभरबाट सहभागी भएका १ सय जना प्रतिस्पर्धी खेलाडीहरुलाई पछि पार्दै गोपालीले छनोटमा स्वर्ण जितेकी हुन् ।

छनोट प्रतियोगितामा मकवानपुरबाट ३ जना खेलाडीहरु सहभागी भएकोमा गोपाली एसियन एथ्लेटिक्समा सहभागी हुन छानिएकी हुन् । विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगितामा दीनाको उत्कृष्ट प्रदर्शन रहँदै आएको छ । गोपाली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएकोमा मकवानपुरका खेल पदाधिकारी, खेलाडी र खेलकुदप्रेमीले खुसी व्यक्त गर्दै उनलाई शुभकामना दिएका छन् ।

Exit mobile version