Home खेलकुद यु–१७ प्रदेशको प्रारम्भिक छनोटमा मकवानपुरका १३ जना खेलाडी

यु–१७ प्रदेशको प्रारम्भिक छनोटमा मकवानपुरका १३ जना खेलाडी

हेटौंडाः यु–१७ प्रदेश छनोटको प्रारिम्भक सूचीमा मकवानपुरका १३ जना खेलाडी पर्न सफल भएका छन् । आइतबार बागमती प्रदेश फुटबल संघले ५५ जना किशोर खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक गरेकोमा मकवानपुरका १३ जना पर्न सफल भएका हुन् ।

छनौट हुनेहरुमा साजन लोप्चन, सन्देश घलान, निशान बोगटी, रोहन तामाङ, कृतक स्याङ्तान, विशेष सुवेदी, रोहित मोक्तान, सनिष लामा, इमामी मोक्तान, प्रमेश खत्री, कोसिस मगर, कुशल अधिकारी र उप्रान्त आले मगर रहेका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुरबाट २४ जना सहभागी भएका थिए ।

साजन लोप्चन, सन्देश घलान, रोहन तामाङ, कृतक स्याङ्तान, विशेष सुवेदी, रोहित मोक्तान, सनिष लामा, इमामी मोक्तान, प्रमेश खत्री, कोसिस मगर, कुशल अधिकारी र उप्रान्त आले मगर सहभागीमध्ये मकवानपुरका आधाभन्दा बढी खेलाडीहरु प्रदेशमा छनोट हुन सफल भएका हुन् । प्रदेशबाट छनोट भएका ५५ जना खेलाडीहरुले आगामी साउन २५ गतेबाट ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने केन्द्र्रीयस्तरको छनोट प्रतियोगितामा सहभागी हुनेछन् । एन्फाले नेपालका किशोर खेलाडीहरुलाई यु–१७ को भुटानमा हुने प्रतियोगितामा सहभागी गराउका लागि एन्फामा आवद्ध भएका ४८ वटा जिल्लाका फुटबल संघहरुलाई खेलाडी छनोट गर्ने निर्देशन दिएको थियो ।

केन्द्रीयस्तरको प्रतियागिताबाट छनोट हुने खेलाडीहरुले अक्टोबर १९ देखि २६ तारिखसम्म भुटानमा हुने एसियन कप क्वालिफाइ प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् । मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा दुई दिनको छनोट प्रतियोगिता गरेर जिल्लाबाट २४ जना खेलाडीहरुलाई प्रदेशको छनोट प्रतियोगितामा सहभागी गराएको थियो । जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाको संयोजकत्वमा छनौट प्रतियोगितामा १ सय ८७ जना किशोर खेलाडीहरु सहभागी भएका थिए ।

Exit mobile version