Home मुख्य समाचार मिस नेपाल २०२४ मा प्रतिस्पर्धा गर्दै मकवानपुरकी दाहाल

मिस नेपाल २०२४ मा प्रतिस्पर्धा गर्दै मकवानपुरकी दाहाल

मकवानपुरकी रोशनी दाहाल

हेटौंडाः मिस नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी साउन १९ गते ललितपुरमा आयोजना हुँदैछ । प्रतियोगितामा उपाधिका लागि २६ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा मकवानपुरको हेटौंडा–५, पिप्लेकी रोशनी दाहालको पनि सहभागिता रहेको छ । सानैदेखि मिस नेपालमा सहभागी हुने इच्छा बोकेकी २४ वर्षीया दाहालले हेटौंडा स्कूल अफ म्यानेजमेन्टबाट कम्प्युटर एप्लिकेसनमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशव दाहालको पहिलो सन्तान रहेकी रोशनीका आमा पनि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । रोशनीले आफू मिस नेपाल भइसकेपछि कम्प्युटर प्रविधिलाई पेशाको रुपमा अङ्गाल्ने योजना बनाउनुभएको छ ।

दाहालले आफूलाई मिस नेपालको विजेता बनाउन खल्ती एपमार्फत् प्रतिस्पर्धी नम्बर १८ मा भोट गर्न आग्रह पनि गर्नुभएको छ । प्रतियोगितामा देशभरबाट डेढ सय जनाले आवेदन दिएका थिए । जसमध्ये २६ जनालाई मात्र प्रतिस्पर्धाका लागि छनौट गरिएको हो ।

Exit mobile version