Home खेलकुद मेयरकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदै

मेयरकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदै

हेटौंडाः धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाले आयोजना गरेको मेयर गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको छ । आज शनिबारबाट सुरु हुन लागेको प्रथम संस्करणको मेयर कप फुटबल प्रतियोगितामा एकेडेमी सहभागी हुने भएको हो ।

प्रतियोगिताको खेलतालिका अनुसार सोमबार फुटबल एकेडेमीले गोल बजार स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा एकेडेमीसहित आयोजक क्षीरेश्वरनाथ नगरपालिका, नमुना जनउत्थान क्लब, गाईघाट फुटबल एकेडेमी, न्यू त्रियुगा स्पोर्टस् क्लब, वीरगञ्ज युनाइटेड र कटहरी युथ क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको फाइनल खेल असार २२ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version