Home मुख्य समाचार जुरिखेत कार दुर्घटनाः चालकको सनाखत

जुरिखेत कार दुर्घटनाः चालकको सनाखत

हेटौँडाः हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा बुधबार कार दुर्घटनामा परी मृत्यु भएका एक पुरुष कारका चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका–१, दहचोकका ६१ वर्षीय सानु परियार रहेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले मृतकलाई पहिचान गरेको प्रहरीले जनाएको छ । बुधबार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैं अनियन्त्रित भई जुरिखेतमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । कार सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

३ महिनाकी शिशु र कार चालक सानु परियारको घटनास्थलमै मृत्यु भएको हो । ३ महिने शिशु मनहरी गाउँपालिका–८ की हुन् । कार दुर्घटनामा परी गम्भीर घाइते मकवानपुरको मनहरी गाउँपालिका–८, बेलुवाका २६ वर्षीय अर्जुन नेपालीको उपचारको क्रममा हेटौँडा अस्पतालमा बुधबार साँझ ७ बजेर ४० मिनेटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते मकवानपुरको मनहरी गाउँपालिका–८ की २३ बर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१, लोथरकी ३५ बर्षीया सानोकान्छी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Exit mobile version