Home मुख्य समाचार बागमती सरकारः दुईवटा विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय

बागमती सरकारः दुईवटा विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय

मन्त्रिरिषद् बैठकको निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता एवम् आन्तरिक ममिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को बैठक मंगलबार बसेको छ । बैठकले ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

बैठकले बागमती प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक २०८१ प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । यस्तै प्रदेश उच्च शिक्षा पहिलो संशोधन अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ । संक्षिप्त संगठन संरचना र दरबन्दी तेरिज स्वीकृृत गर्ने सम्बन्धमा सामाजिक विकास मन्त्रालयबाट प्राप्त प्रस्ताव पारित भएको छ ।

यसअघि सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद विभागलाई अलग बनाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको थियो । नयाँ ढंगबाट संगठन संरचना र र दरबन्दी तेरिज स्वीकृत गर्नुपर्ने भएकाले यस्तो निर्णय भएको उहाँले बताउनुभयो । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त संक्षिप्त संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

Exit mobile version