Home मुख्य समाचार छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार गौतमलाई

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार गौतमलाई

छायाँछवि चलचित्र पत्रकारितामा पुरस्कृत गरिँदै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम

हेटौंडाः छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम पुरस्कृत हुनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित १५ औं प्रिज्मा डी सिने अवार्ड समारोहको अवसरमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमलाई ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

पत्रकार गौतमलाई नगद १५ हजार रुपैयाँको पुरस्कारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व तथा प्रतिष्ठित संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पुरस्कार प्रदान गरेकोमा खुशी व्यक्त गर्दै गौतमले आयोजक छायाँछवि क्रिएसनप्रति आभार व्यक्त गर्नुभयो ।

Exit mobile version