Home खेलकुद कलैया मेयर कप क्रिकेटमा मकवानपुर पराजित

कलैया मेयर कप क्रिकेटमा मकवानपुर पराजित

हेटौंडाः बारा जिल्लाको कलैयामा जारी दोस्रो संस्करणको कलैया टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा मकवानपुरका क्रिकेट टिम पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा मकवानपुर गौर क्रिकेट टिमसँग ९ विकेटले पराजित भएको हो ।

गौरले १२.१ ओभरमा १ विकेटमात्र गुमाएर लक्ष्यलाई भेट्टायो । टस जितेर पहिला ब्याटिङ थालेको मकवानपुरले गौरलाई जितका लागि ७४ रनको लक्ष्य दिएको थियो । १४.२ ओभरमा सबै विकेट गुमाएर मकवानपुरले ७३ रनमात्र बनाएको हो । गौरका विजय यादवले सर्बाधिक ३१ रन बनाए । मकवानपुरले अब शुक्रबार वीरगञ्ज नेशनल इन्फोटेकसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Exit mobile version