Home मुख्य समाचार जंगली हात्तीको आक्रमणबाट प्रजा घाइते

जंगली हात्तीको आक्रमणबाट प्रजा घाइते

हेटौँडाः मककवानपुरको मनहरी गाउँपालिका–७, पेन्चेमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीया बिन्दुमाया प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार बिहान ९ बजेको समयमा प्रजा ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्न गएकोमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी थिईन् । घाइते प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version