Home मुख्य समाचार राइटपाथको एजुकेशन कन्क्लेभ आज

राइटपाथको एजुकेशन कन्क्लेभ आज

हेटौँडाः अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्ने संस्था राइटपाथ करिअर काउन्सिलिङले आज हेटौँडामा ग्राण्ड एजुकेशन कन्क्लेभको आयोजना गर्दैछ । हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा हुने कन्क्लेभमा गायिका अञ्जु पन्तको पनि उपस्थिति रहनेछ ।

४ सयदेखि ५ सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ । १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गर्न लागेको राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले जानकारी दिनुभयो ।

Exit mobile version