Home मुख्य समाचार स्थापना दिवसमा‌ विद्यालयलाई सहयोग

स्थापना दिवसमा‌ विद्यालयलाई सहयोग

खाद्यान्न सहयोग गरेपछि सामूहिक तस्वीर खिचाउँदै।

हेटौँडाः अटोमोवाईल्स एसोसिएसनले २९ ओैँ स्थापना दिवस हेटौँडाको गोरक्षेश्वरधाममा रहेको संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग गरी मनाएको छ । विद्यालयलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

एसोसिएसनका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत वेद विद्यालयका अध्यक्ष तथा पतन्जली योगका जिल्ला अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य तथा संस्थाका पूर्वअध्यक्ष सागर सापकोटा, पूर्वअध्यक्ष नारायण प्रसाद कँडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका पूर्वअध्यक्ष सुरेश कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष दामोदरप्रसाद अटल तथा सल्लाहकार डा. गोपिराम वन्जाराको आतिथ्य रहेको कार्यक्रममा संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्य तथा विद्यालयमा अध्यनरत बटुकहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version