Home मुख्य समाचार राइटपाथको देश दौडाहा, हेटौँडामा ३ गते ग्रान्ड एजुकेशन कन्क्लेभ

राइटपाथको देश दौडाहा, हेटौँडामा ३ गते ग्रान्ड एजुकेशन कन्क्लेभ

हेटौँडाः अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्ने संस्था राइटपाथ करिअर काउन्सिलिङले शैक्षिक परामर्शका लागि देश दौडाहा सुरु गरेको छ । काठमाडौं र धनकुटामा ग्रान्ड एजुकेशन कन्क्लेभ सम्पन्न भइसकेको छ भने हेटौँडामा बिहिबारग्रान्ड एजुकेशन कन्क्लेभ हुँदैछ । हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा हुने कन्क्लेभमा ४ सयदेखि ५ सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।

१२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गर्न लागेको राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले जानकारी दिनुभयो । हेटौँडापछि चितवन, बुटवल र दाङमा पनि ग्रान्ड एजुकेशन कन्क्लेभ आयोजना हुनेछ । यस वर्षको ग्रान्ड एजुकेशन कन्क्लेभमा अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडा लक्षित गरी परामर्श सेवा प्रदान गरिने अधिकारीले बताउनुभएको छ ।

“कक्षा १२ को वार्षिक परीक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले नतीजा आउनुअघि आवश्यक तयारी गर्न सहयोग पुग्ने गरी सम्पर्कमा ल्याउन ग्रान्ड एजुकेशन कन्क्लेभको आयोजना गरिएको हो”, राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले भन्नुभयो, “अहिले एउटा देश नभए अर्को देश जाने प्रवृत्ति रहेकोले कन्क्लेभ नै आयोजना गरेर विद्यार्थी र अभिभावकलाई उचित विकल्प दिने प्रयास गरिएको छ ।” मेलामा अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडाका २० भन्दा बढी विश्वविद्यालयका नेपालमा रहेको प्रतिनिधि कन्क्लेभमा सहभागी भई विद्यार्थीलाई परामर्श दिनेछन् ।

कन्क्लेभको अवसरमा राइटपाथले विभिन्न अफरको पनि घोषणा गरेको छ । परामर्शमा सहभागी सबैलाई प्रक्रिया शूल्क निशूल्क गरिने अधिकारीले बताउनुभयो । यस्तै परामर्शमा सहभागी हुनेलाई ओम्याक्स हलको टिकट निशूल्क दिने, आइईएलटीएसको २ महिनो कोर्ष २०८१ रुपैयाँमै उपलब्ध गराउने, सहभागी मध्ये केहीलाई विशेष उपहार समेत प्रदान गरिने अधिकारीले बताउनुभएको छ ।

Exit mobile version