Home अर्थ/व्यापार दुग्ध सहकारी संघद्वारा आन्दोलनको चेतावनी

दुग्ध सहकारी संघद्वारा आन्दोलनको चेतावनी

हेटौँडाः तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुधको भुक्तानी नभएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र संघीय सरकारको कृषि मन्त्रालय अन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बीच भएको सम्झौता अनुसार यही चैत्र २१ गतेसम्ममा गत पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयसीमा सकिँदासम्म पनि सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना ४ बुँदे मागहरु चैत्र समान्त भित्र पूरा हुनुपर्ने जनाएको छ । संघले सम्झौता अनुसारको दुधको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने साथै बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने, दुध उत्पादक किसानलाई दिँदै आएको अनुदान निरन्तर दिने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्था मार्फत गर्ने व्यवस्था गरिनु पर्ने उल्लेख छ ।

Exit mobile version