Home मुख्य समाचार प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

महिला उद्यमी प्रदर्शनीको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान

हेटौंडाः मकवानपुर उद्योग वाणिजय संघ महिला उद्यमी विकास समितिको आयोजनामा आठौँ बागमती प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सुरु भएको छ । शुक्रबार हेटौंडा–२ स्थित पल्पसा सदनमा सुरु भएको महिला उद्यमी प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोक्तानले स्थानीय सरकार र संघीय सरकारबीचको लागानीलाई स्थानीय तहमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । लगानीको सन्दर्भमा वडाबाट, पालिकाबाट र प्रदेश सरकारबाट भएका कार्यहरुको मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो । महिलालाई अगाडि बढाउनका लागि प्रदेश सरकारले विभिन्न कार्यहरु गरिरहेको उहाँको भनाइ छ । महिलाले उत्पादन गरेको सामग्री बिक्री र उद्यमशीलताको विकासका लागि सबै महिलाले बजारिकरण गर्न जरुरी रहेको उहाँले दावी गर्नुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उत्पादित वस्तुको प्रवद्र्धन गर्ने कार्यमा सबै लाग्नुपर्ने बताउनुभयो । सानासाना व्यापारी÷व्यवसायीको प्रर्वद्धन गर्ने कार्यमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । मानिसहरुले दैनिक जीवनमा उपभोग गरेको सामग्रीहरु कहाँबाट र कस्तो सामग्री प्राप्त भइरहेको छ भन्ने कुरा मध्यनजर गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।

प्रदर्शनीमा ललितपुरको सुइट ल्यान्ड, मकवानपुरको शोभा दिदीबहिनी तोफु उद्योग, चौघडाको लभ्ली न्यु क्रियसन गुडिया, बनेपाको टोपी, झोला र अमिलो, नेपाली उद्यमी महिला संघ सुनसरीको भुटेको मकै अचारहरुको स्टल राखिएको छ । यस्तै, मकवानपुरको दीप भोजपुर खुकुरी, कान्तिराजपथको स्वदेशी सुपर मार्केटको पास्ता, घिउ, चाउमिन, पापड र बिन्स बिक्रीका लागि प्रदर्शनीमा राखिएको छ । मदर्स म्याक नुहाउने साबुन, हेटौंडा गार्मेन्ट उद्यमी समूहका कपडाहरु, ललितपुरको मह र सौगल पाटन जेएएम अचार उद्योगका उत्पादन प्रदर्शनीमा छन् ।

प्रदर्शनीमा करिब ३७ वटा स्टल रहेका छन् । शनिबार सफल महिलाको उद्यमशीलताको विषयमा छलफल, आइतबार महिला उद्यमशीलताको विषयमा छलफल, सोमबार कृषिसम्बन्धी अन्तरक्रिया कार्यक्रम र समापन कार्यक्रम हुनेछ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षता रहेको थियो । उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, बागमती प्रदेश उद्योग वाणिज्य संघका सदस्य उत्तम शर्मा ढकाल र हेटौंडा–११ का वडा अध्यक्ष जुना दहालको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version